सेयर बजारमा बैंकको १ खर्ब ५९ अर्ब ऋण लगानी, नौ महिनामा बढ्यो १३.४ प्रतिशत



बिजमाण्डू
२०८३ बैशाख २९ गते १५:५९ | May 12, 2026
सेयर बजारमा बैंकको १ खर्ब ५९ अर्ब ऋण लगानी, नौ महिनामा बढ्यो १३.४ प्रतिशत


काठमाडौं। चालु आर्थिक वर्ष ९ महिनामा बैंक तथा वित्तीय संस्थाले १ खर्ब ५९ अर्ब ४८ करोड ८३ लाख रुपैयाँ सेयर धितोमा ऋण लगानी गरेका छन्।

Tata
GBIME

बैंकहरुले सेयर धितोमा एक महिनामा ३ अर्ब २१ करोड रुपैयाँ लगानी बढाएका हुन। नेपाल राष्ट्र बैंकका अनुसार फागुनसम्म बैंक तथा वित्तीय संस्थाले सेयर धितोमा १ खर्ब ५६ अर्ब २७ करोड ९४ लाख रुपैयाँ ऋण लगानी गरेका थिए।

पछिल्लो ९ महिनामा सेयर धितोमा ऋण लगानी १३.४ प्रतिशत बढेको हो। गत असारसम्म बैंक तथा वित्तीय संस्थाले सेयर धितोमा १ खर्ब ४० अर्ब ७० करोड २१ लाख रुपैयाँ ऋण लगानी गरेका थिए।

१ करोड रुपैयाँभन्दा माथिको सेयर धितो कर्जा ११.१ प्रतिशत बढेर १ खर्ब ९ अर्ब ९५ लाख रुपैयाँ पुगेको छ। यस्तै, ५० लाखमाथि १ करोडसम्मको सेयर धितो कर्जा १८ अर्ब २६ करोड ६९ लाख रुपैयाँ पुगेको छ। यो रकम असारसम्मको तुलनामा ४ प्रतिशत धेरै हो।

यस्तै, २५ लाखदेखि ५० लाख रुपैयाँसम्मको सेयर धितो कर्जा ९.५ प्रतिशत बढेर १९ अर्ब २३ करोड रुपैयाँ पुगेको छ।

राष्ट्र बैंकका अनुसार २५ लाख रुपैयाँसम्मको सेयर धितो कर्जा १२ अर्ब रुपैयाँ पुगेको छ। यो रकम गत असारसम्मभन्दा ४७.२ प्रतिशत धेरै हो।