यती एअरलाइन्सको सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा एनआइएमबि एस क्यापिटल नियुक्त

बिजमाण्डू
२०८३ बैशाख २९ गते १०:४० | May 12, 2026
यती एअरलाइन्सको सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा एनआइएमबि एस क्यापिटल नियुक्त


काठमाडौं। यती एअरलाइन्स लिमिटेडले साधारण सेयर निष्कासन गर्ने भएको छ। सर्वसाधारणमा आइपीओ ल्याउनका लागि कम्पनीले एनआइएमबि एस क्यापिटल लिमिटेडलाई धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ।

Vigo
GBIME
Tata

धितोपत्र निष्कासन सम्बन्धी उक्त सम्झौतापत्रमा यती एअरलाइन्स लिमिटेडका तर्फबाट प्रमुख वित्त अधिकृत अनुप आचार्य र निष्कासन तथा बिक्री प्रबन्धकका तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत सचिन्द्र ढुंगानाले हस्ताक्षर गरेका छन्।

आन्तरिक हवाई सेवा प्रदान गर्दै आएको यति एयरलाइन्स लिमिटेड नेपालका अग्रणी निजी हवाई सेवा प्रदायकमध्ये एक हो। कम्पनीले उच्च सुरक्षा मापदण्ड, विश्वसनीय सञ्चालन तथा गुणस्तरीय सेवामा विशेष जोड दिँदै देशका प्रमुख शहरी तथा दुर्गम गन्तव्यहरुमा नियमित उडान सञ्चालन गर्दै आएको छ।