काठमाडौं। सेयर बजार सूचक दोहोरो अंकले बढेको छ। नेप्से परिसूचक शुक्रबार २७.४९ अंकले बढेर २७४५.६५ विन्दुमा पुगेको छ।
कारोबारमा आएका सबै उपसमूहले बजार बढाएका हुन्। हाइड्रोपावरको सूचक सबैभन्दा धेरै १.७१ प्रतिशत बढेको छ।
२३५ कम्पनीको सेयर मूल्य बढेको छ। त्रिशुली जलविद्युत कम्पनीको सेयर मूल्य सबैभन्दा धेरै १० प्रतिशत बढेको छ। बजारमा २६ कम्पनीका लगानीकर्ताले गुमाएका छन्। स्वावलम्बन लघुवित्तको सेयर मूल्य सबैभन्दा धेरै ६.५४ प्रतिशत घटेको छ।
बजारमा ३ अर्ब २८ करोड ६८ लाख रुपैयाँको सेयर किनबेच भएको छ। होटेल फरेस्ट इनको सबैभन्दा धेरै १३ करोड ८६ लाख रुपैयाँको सेयर कारोबार भएको छ।
यस्तै, रिलायन्स स्पिनिङ मिल्सको १३ करोड ६४ लाख र सोलु हाइड्रोपावरको १२ करोड रुपैयाँको सेयर कारोबार भएको छ।









