सेयर बजार सूचक १.६४ अंकले घट्यो, कारोबार पनि खुम्चिएर ३.१९ अर्बमा सीमित



बिजमाण्डू
२०८३ बैशाख २३ गते १५:३३ | May 6, 2026
सेयर बजार सूचक १.६४ अंकले घट्यो, कारोबार पनि खुम्चिएर ३.१९ अर्बमा सीमित


काठमाडौं। सेयर बजार परिसूचक घटेको छ। नेप्से परिसूचक बुधबार १.६४ अंक घटेर २७११.२२ विन्दु कायम भएको छ।

Tata
GBIME

विकास बैंक, हाइड्रोपावर, लाइफ इन्स्योरेन्स, उत्पादन तथा प्रशोधन र ट्रेडिङ उपसमूहले बजार घटाएका हुन्।

बजारमा १४९ कम्पनीको सेयर मूल्य घटेको छ। भगवती हाइड्रोपावरको सेयर मूल्य सबैभन्दा धेरै ८.९० प्रतिशतले घटेको छ।

१०४ कम्पनीको सेयर मूल्य बढेको छ। फरवार्ड माइक्रोफाइनान्सको सेयर मूल्य सबैभन्दा धेरै १३.७४ प्रतिशत बढेको छ।

सूचकसँगै कारोबार रकम पनि घटेको छ। मंगलबार ३ अर्ब ४३ करोड रुपैयाँको सेयर किनबेच भएकामा कारोबार रकम बुधबार ३ अर्ब १९ करोड ७७ लाख रुपैयाँमा सीमित भएको छ।

सोलु हाइड्रोपावरको सबैभन्दा धेरै २२ करोड ११ लाख रुपैयाँको सेयर किनबेच भएको छ। यस्तै, रिलायन्स स्पिनिङ मिल्सको १६ करोड ७ लाख रुपैयाँको सेयर किनबेच भएको छ।