काठमाडौं। अर्थ मन्त्रालयले आन्तरिक राजश्व विभागको निमित्त महानिर्देशकको जिम्मेवारी रमेश अर्याललाई दिएको छ।
महानिर्देशक मदन दहाल सरुवा भएर सुदूरपश्चिम प्रदेश पुगेपछि मन्त्रालयले उपमहानिर्देशक अर्याललाई निमित्त महानिर्देशकको जिम्मेवारी दिएको हो।
अर्याल विभागमा अन्त:शुल्क तथा अनुसन्धान महाशाखा प्रमुखका रुपमा कार्यरत छन्। मन्त्रिपरिषद्को वैशाख १० गतेको बैठकले दहालको सरुवा गरेको थियो।










