सर्वोच्चको आदेशले छुटे लगत्तै पुनः पक्राउ परे व्यवसायी गोल्छा, के हो नयाँ कसुर?

बिजमाण्डू
२०८३ बैशाख २१ गते २२:३४ | May 4, 2026
सर्वोच्चको आदेशले छुटे लगत्तै पुनः पक्राउ परे व्यवसायी गोल्छा, के हो नयाँ कसुर?


काठमाडौं। सर्वोच्च अदालतको आदेशले रिहा भए लगत्तै व्यवसायी शेखर गोल्छा पुनः पक्राउ परेका छन्। आदेश अनुसार रिहा भएका गोल्छालाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले पुनः पक्राउ गरेको हो।

GBIME
Tata

सोमबार राति ९ः३० बजे गोल्छालाई सिआइबीले पुनः नियन्त्रणमा लिएको हो। धितोपत्र सम्बन्धी कसुरमा यसअघि अदालतबाट भएको म्याद थपसमेत बदर गर्दै सर्वोच्चले गोल्छालाई रिहाको आदेश गरेको थियो।

बीमा ऐनसम्बन्धी कसुरमा गोल्छा पुनः पक्राउ परेका हुन्। रिहा लगत्तै गोल्छालाई प्रहरीले पक्राउ पुर्जी थमाएर सिआइबी परिसरबाटै नियन्त्रणमा लिएको हो।