काठमाडौं। घरजग्गा एजेन्ट तथा एजेन्सीहरुले महासंघ गठन गरेका छन्।
घरजग्गा एजेन्ट तथा एजेन्सी सञ्चालकहरुको आइतबार काठमाडौंमा भएको भेलाले नेपाल घरजग्गा एजेन्ट तथा एजेन्सी महासंघ गठन गरेको हो।
भेलाले विनोद सुवेदीको अध्यक्षतामा महासंघको तदर्थ कार्यसमिति तदर्थ समिति गठन गरेको छ।
तदर्थ कार्यसमितिको उपाध्यक्षमा हमिद मियाँ खान र गोपाल बारुडी, महासचिवमा शम्भु पोखरेल, सचिवमा विनिता बस्नेत, कोषाध्यक्षमा निग्मा शेर्पा तथा सदस्यमा योगेश चौधरी, उज्वल सुवेदी र इसा खरेल छन्।
महासंघले प्रदेश, जिल्ला र स्थानीय तहमासमेत घरजग्गा एजेन्ट तथा एजेन्सी संघ खोल्नलाई आव्हान गरेको छ।
सुवेदीले घरजग्गा कारोबारमा संलग्न एजेन्ट तथा एजेन्सीलाई अझ व्यवसायिक, उत्तरदायी र पारदर्शी बनाउँदै घर जग्गामा लगानी गर्नेहरुलाई सहजीकरण गर्ने उद्देश्यले महासंघ स्थापना गरेको बताए।









