तरलता व्यवस्थापन गर्न राष्ट्र बैंकले १६८ दिनका लागि ४० अर्ब रुपैयाँ उठाउँदै, माग्यो प्रस्ताव



बिजमाण्डू
२०८३ बैशाख ९ गते १०:५३ | Apr 22, 2026
तरलता व्यवस्थापन गर्न राष्ट्र बैंकले १६८ दिनका लागि ४० अर्ब रुपैयाँ उठाउँदै, माग्यो प्रस्ताव

काठमाडौं। नेपाल राष्ट्र बैंकले तरलता व्यवस्थापनका लागि बजारबाट ४० अर्ब रुपैयाँ उठाउन लागेको छ। केन्द्रीय बैंकले यो रकम बोलकबोलमार्फत १६८ दिनका लागि उठाउन लागेको हो।

Tata
GBIME
Nepal Life

यसका लागि राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूसँग प्रस्ताव मागेको छ। बुधबार अपराह्न ३ बजे अनलाइनमार्फत बोलकबोल हुनेछ।

राष्ट्र बैंकले साँवा तथा ब्याज असोज २१ गते भुक्तानी गर्नेछ। राष्ट्र बैंकले यसअघि निक्षेप संकलन उपकरणमार्फत खिचेको करिब ५ खर्ब रुपैयाँ परिपक्व हुन बाँकी छ।