ओमोडा, जेको र आइकार मोडेलका गाडीहरुमा ११ वर्षे विस्तारित वारेन्टीको घोषणा



बिजमाण्डू
२०८२ चैत्र २४ गते १६:५९ | Apr 7, 2026
ओमोडा, जेको र आइकार मोडेलका गाडीहरुमा ११ वर्षे विस्तारित वारेन्टीको घोषणा

काठमाडौं । नेपालका लागि ओमोडा जेको र आइकारको आधिकारिक विक्रेता एसपीजी अटोमोबाइल्स प्रालिले आफ्ना ईभी मोडेलहरुमा ११ वर्षे वारेन्टी घोषणा गरेको छ। ब्याट्री र मोटर कम्पोनेन्टहरुमा उपलब्ध यो वारेन्टी नेपालकै सबैभन्दा लामो ईभी वारेन्टी कार्यक्रमहरु मध्ये एक भएको कम्पनीको दाबी छ।

Tata
GBIME
Nepal Life

हाल ओमोडा जेको र आइकारका सवारी साधनहरूमा ब्याट्री र मोटर दुवैमा ८ वर्ष वा १ लाख ५० हजार ‍किलोमिटरको स्ट्याण्डर्ड म्यानुफ्याक्चरर वारेन्टी उपलब्ध छ। नयाँ ल्याइएको विस्तारित वारेन्टी कार्यक्रम अन्तर्गत अब यो कभरेज ब्याट्रीको हकमा ११ वर्ष वा २ लाख ४० हजार किलोमिटर र ड्राइभ मोटर एसेम्बलीको हकमा ११ वर्ष वा २ लाख किलोमिटर (जुन पहिले आउँछ) पुर्‍याइएको जनाइएको छ।

यो विस्तारित वारेन्टी ओमोडा इ५,जेको जे५, जेको जे६टी र आएकार भी२३ मोडेलहरूमा उपलब्ध छ।

यो विस्तारित वारेन्टी अन्तर्गत ग्राहकहरूले ट्र्याक्सन ब्याट्री प्याक र ड्राइभ मोटर एसेम्बलीमा हुने प्राविधिक त्रुटिहरूमा पूर्ण कभरेज प्राप्त गर्ने जनाइएको छ।

अटोमोबाइल्स प्रालिका निर्देशक गौरव शारदाले भने, ‘हाम्रो विस्तारित वारेन्टीले हाम्रा सवारी साधनहरूको उन्नत ईभी प्रविधिप्रति हाम्रो अटल विश्वास र ग्राहकहरूलाई उत्कृष्ट सेवा प्रदान गर्ने हाम्रो प्रतिबद्धता झल्काउँछ। विद्युतीय सवारीतर्फको आकर्षण बढिरहेको बेला, यस पहलले हाम्रा ग्राहकहरूमा दीर्घकालीन विश्वास र बफादारिता निर्माण गर्न महत्वपूर्ण भूमिका खेल्नेछ भन्ने हाम्रो विश्वास छ।’

देशभर १८ भन्दा बढी सेल्स आउटलेट र १५ वटा सर्भिस सेन्टरहरूका साथै द्रुत रूपमा विस्तार भइरहेको सेल्स र चार्जिङ पूर्वाधार नेटवर्कका साथ, ओमोडा जेको र आइकारले नेपालमा तीव्र गतिमा अघि बढिरहेका ईभी ब्रान्डहरूको रूपमा आफ्नो उपस्थिति बलियो बनाउँदै लगेका कम्पनीले जनाएको छ।

यस अद्यावधिक गरिएको वारेन्टी नीतिको बारेमा थप जानकारीका लागि ग्राहकहरूलाई आफ्नो नजिकैको ओमोडा जेको वा आइकार शोरुम वा आधिकारिक सर्भिस सेन्टरमा जान कम्पनीले आग्रह गरेको छ।