एफएनसीसीआईको निर्वाचनमा वस्तुगततर्फ शिवप्रसाद घिमिरेको समूहले दर्ता गरायो उम्मेदवारी



बिजमाण्डू
२०८२ चैत्र २२ गते १४:१४ | Apr 5, 2026
एफएनसीसीआईको निर्वाचनमा वस्तुगततर्फ शिवप्रसाद घिमिरेको समूहले दर्ता गरायो उम्मेदवारी
शिवप्रसाद घिमिरे। फाइल तस्वीर


काठमाडौं। नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई)को एक सातापछि हुने निर्वाचनमा वस्तुगततर्फ शिवप्रसाद घिमिरेको समूहले उम्मेदवारी दर्ता गराएको छ। घिमिरेको नेतृत्वमा १६ जनाले आइतबार उम्मेदवारी दर्ता गराएका हुन्।

Vigo
GBIME
Tata

घिमिरे उपाध्यक्षको उम्म्दवार बनेका छन्। उनले वस्तुगततर्फ सबै क्षेत्रलाई समेटेर उम्मेदवारी दर्ता गराएको बताएका छन्।

कार्यकारिणी समिति सदस्यमा डेरी तथा दुग्ध पदार्थ उत्पादन र प्रशोधन क्षेत्रबाट अरनिको राजभण्डारी, पोल्ट्री व्यवसाय क्षेत्रबाट रविन पुरी, अलैंची उत्पादन तथा निर्यात क्षेत्रबाट राजकुमार कार्की, बीउ–विजन क्षेत्रबाट बसन्तचन्द्र मरहट्टा, कृषि बजारीकरण क्षेत्रबाट सुनिता न्हेम्हाफुकी, पश्मिना उत्पादन तथा निर्यात क्षेत्रबाट धनप्रसाद लामिछाने, सौर्य ऊर्जा तथा बायोग्यास क्षेत्रबाट एब बहादुर थापामगर, सेयर बजार क्षेत्रबाट धर्मराज सापकोटा, सिमेन्ट उत्पादन क्षेत्रबाट रघु नन्दन मारुले उम्मेद्वारी दर्ता गराएका छन्।

यस्तै प्लाईउड उत्पादन तथा निर्यात क्षेत्रबाट होमप्रसाद घिमिरे, फ्लोरिकल्चर (फूल खेती) उत्पादन क्षेत्रबाट राजेशभक्त श्रेष्ठ, खानेपानी उत्पादन तथा व्यवस्थापन क्षेत्रबाट ध्रुवबहादुर गौतम, टुरिजम तथा होटल व्यवसाय क्षेत्रबाट संघर्ष विष्ट र जुत्ता चप्पल उत्पादन क्षेत्रबाट नानीराज घिमिरे चुनावी मैदानमा उत्रिएका छन्।

त्यस्तै यातायात तथा पारवहन क्षेत्रबाट विश्वनाथ खनाल र इँटा उद्योग क्षेत्रबाट कृष्णप्रसाद अवालले उम्मेद्वारी दर्ता गराएका छन्।

यो समूहलाई वरिष्ठ उपाध्यक्ष अञ्जन श्रेष्ठको साथ छ। श्रेष्ठको समूहबाट एसोसिएट उपाध्यक्षमा प्रवलजंग पाण्डेले उम्मेदवारी दर्ता गराइसकेका छन्।

एफएनसीसीआईको ६०औं साधारण सभा तथा अधिवेशन चैत चैत २९ र ३० गते हुँदैछ।