एफएनसीसीआईको निर्वाचनमा एसोसिएटतर्फ प्रबलजंग समूहको उम्मेदवारी दर्ता, सदस्यमा को-को?



बिजमाण्डू
२०८२ चैत्र २२ गते १२:०८ | Apr 5, 2026
एफएनसीसीआईको निर्वाचनमा एसोसिएटतर्फ प्रबलजंग समूहको उम्मेदवारी दर्ता, सदस्यमा को-को?


काठमाडौं। नेपाल उद्योग वाणिज्य महासंघ (एनएनसीसीआई)को एक सातापछि हुने निर्वाचनका लागि एसोसिएटतर्फ प्रबलजंग पाण्डेको समूहले उम्मेदवारी दर्ता गराएको छ।

Vigo
GBIME
Tata

पाण्डेले उपाध्यक्ष पदमा उम्मेदवारी दर्ता गराएका छन्। पाण्डे अहिलेको कार्यकारिणी समितिमा सदस्य छन्।

उनको समूहबाट सदस्यमा अविज्ञा मल्ल, अम्बिका प्रसाद पौडेल, बाबुकाजी कार्की, डोलराज अधिकारी, दिवस न्यौपाने, हेमन्त गोल्छा, ईश्वर जीसी, जुना माथेमा, कृष्णलाल महर्जन, प्रियराज रेग्मी, राजेश कुमार अग्रवाल, ऋषि अग्रवाल, आरएस भण्डारी, सचिन ढकाल, शक्तिकुमार बेगानी, सुशील थापा, सुयश प्याकुरेल, सुरज उप्रेती र उज्वल श्रेष्ठले उम्मेदवारी दिएका छन्।

उनीहरुमध्ये अम्बिका, बाबुकाजी, हेमन्त, जुना, राजेश कुमार, ऋषि, शक्ति कुमार, सुशील र उज्वल अहिलेको कार्यसमितिमा सदस्य छन्।

महासंघमा नयाँ नेतृत्व चयनका लागि यही चैत २९ र ३० गते साधारण सभा तथा अधिवेशन हुँदैछ।