काठमाडौं। सेयर बजार दोहोरो अंक बढेको छ। नेप्से परिसूचक मंगलबार १३.५१ अंक बढेर २८१२.३४ विन्दुमा पुगेको छ। कारोबारमा आएका बैंकिङ, विकास बैंक, हाइड्रोपावर, इन्भेष्टमेन्ट, उत्पादन तथा प्रशोधन र म्युचुअल फण्डले बजार बढाएका हुन।
हाइड्रोपावरको सूचक सबैभन्दा धेरै १.५९ प्रतिशतले बढेको छ। बजारमा १३२ कम्पनीको मूल्य बढेको छ। ४ कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ।
आइपीओ बिक्रीपछि दोस्रो बजारमा कारोबारमा आएका रिलायन्स स्पिनिङ मिल्स, सोलु हाइड्रोपावर, सालपा विकास बैंक र होटल फरेस्ट इनको सेयर मूल्य १० प्रतिशतले बढेको हो।
सूचकसँगै कारोबार रकम पनि बढेको छ। सोमबार ११ अर्ब ९७ करोड रुपैयाँको सेयर किनबेच भएकामा मंगलबार बढेर कारोबार रकम १२ अर्ब ३ करोड ४४ लाख रुपैयाँ भएको छ।
रिडी पावर कम्पनीको सबैभन्दा धेरै ५६ करोड ३७ लाख रुपैयाँको सेयर किनबेच भएको छ। यस्तै,आँखु खोला जलविद्युत कम्पनीको ५१ करोड ७५ लाख र नेसनल हाइड्रोपावरको ४८ करोड रुपैयाँको सेयर किनबेच भएको छ।
बजारमा ११३ कम्पनीको सेयरको भाउ घटेको छ भने १७ कम्पनीको मूल्य स्थिर छ।










