सेयर बजार २६.०७ अंकले घटेर २७९८.८३ विन्दुमा, ११ अर्ब ९७ करोडको किनबेच



बिजमाण्डू
२०८२ चैत्र २ गते १५:१८ | Mar 16, 2026
सेयर बजार २६.०७ अंकले घटेर २७९८.८३ विन्दुमा, ११ अर्ब ९७ करोडको किनबेच

काठमाडौं। सेयर बजार घटेको छ। नेप्से परिसूचक सोमबार २६.०७ अंक घटेर २७९८.८३ विन्दुमा आएको छ। कारोबारमा आएका उत्पादन तथा प्रशोधन बाहेकका कम्पनीले बजार घटाएका हुन्।

Tata
GBIME
Nepal Life

बैंकिङ उपसमूहको सूचक सबैभन्दा धेरै १.६१ प्रतिशत घटेको छ। २११ कम्पनीका लगानीकर्ताले गुमाएका छन्। सूचकसँगै बजारमा कारोबार रकम पनि घटेको छ।

आइतबार १४ अर्ब ३२ करोड रुपैयाँँको सेयर कारोबार भएकामा सोमबार ११ अर्ब ९७ करोड ४६ लाख रुपैयाँको सेयर किनबेच भएको छ। आँखु खोला जलविद्युत् कम्पनीको सबैभन्दा धेरै ६८ करोड ७७ लाख रुपैयाँको सेयर किनबेच भएको छ।

यस्तै, नेसनल हाइड्रोपावरको ६६ करोड १४ लाख रुपैयाँको सेयर कारोबार भएको छ। बजारमा ४८ कम्पनीको सेयर मूल्य बढेको छ।

४ कम्पनीको मूल्यमा पोजेटिभ सर्किट लागेको छ। सालपा विकास बैंक, रिलायन्स स्पिनिङ मिल्स, अपर हेवाखोला हाइड्रोपावर कम्पनी र सोलु हाइड्रोपावरको मूल्यमा पोजेटिभ सर्किट लागेको हो।