काठमाडौं । ‘हट एण्ड स्पाइसी’ नुडल्स सेगमेन्टमा बलियो पकड बनाइरहेको ‘करेन्ट नुडल्स’ को उत्पादक संस्था यशोदा फुड्सले आफ्नो रिटेल आउटलेट ‘करेन्ट मार्ट’ को काठमाडौं उपत्यकाभित्रको दोस्रो शाखा संचालनमा ल्याएको छ। कम्पनीले आजबाट कपनस्थित (रिलायन्स कलेज नजिक) नयाँ शाखाको औपचारिक सुरुवात गरेको हो।
यसअघि काठमाडौंको बानेश्वरस्थित कात्यानी चोकमा पहिलो आउटलेट संचालन गरिएको थियो। ग्राहकहरूको बढ्दो मागलाई मध्यनजर गर्दै कम्पनीले कपनमा यो दोस्रो शाखा विस्तार गरिएको कम्पनीले जनाएको छ।
नयाँ शाखाको उद्घाटनको अवसर पारेर ग्राहकहरुलाई ‘करेन्ट मार्ट’ मा उपलब्ध सम्पूर्ण उत्पादनहरुको खरिदमा १० प्रतिशत विशेष छुटको व्यवस्था गरिएको कम्पनीले जनाएको छ।
कपनमा अवस्थित ‘करेन्ट मार्ट’ को उद्घाटन यशोदा फुड्सका ग्लोबल एक्जुकेटिभ डाइरेक्टर जी.पी. शाह र डाइरेक्टर प्रकाश पौडेलले संयुक्त रुपमा गरेका थिए। उद्घाटन समारोहमा कम्पनीका प्रतिनिधिहरु, ग्राहक तथा शुभचिन्तकहरुको उल्लेख्य उपस्थिति रहेको थियो।
‘करेन्ट मार्ट’ मा उपभोक्ताहरुले यशोदा फुड्सद्वारा उत्पादित सम्पूर्ण रेन्जका उत्पादनहरु एकै छानामुनि प्राप्त गर्न सक्नेछन्। यहाँ करेन्ट ब्रान्डका लोकप्रिय नुडल्स (चाउचाउ), विभिन्न प्रकारका स्न्याक्स, चिज बल्स, स्टिक्स तथा पोटाटो क्र्याकर्स उपलब्ध हुनेछन्।
त्यसैगरि, चिया पारखीका लागि करेन्ट गोल्ड मसला र सिटिसी चिया तथा विभिन्न प्रकारका मसला (जिरा पाउडर, धनिया पाउडर, रातो खुर्सानी पाउडर) आदि पनि मार्टमा उपलब्ध रहेका छन्।
उद्घाटन समारोहमा यशोदा फुड्सका ग्लोबल एक्जुकेटिभ डाइरेक्टर जी.पी. शाहले भने, ‘बानेश्वर शाखामा उपभोक्ताहरुले करेन्ट मार्टलाई देखाउनुभएको माया र विश्वासले हामीलाई काठमाडौंको अन्य स्थानमा पनि छिट्टै सेवा विस्तार गर्न उत्साहित बनाएको हो। कपन र यस आसपासका उपभोक्ताहरुले अब आफ्नै टोलबाट हाम्रा ताजा र गुणस्तरीय उत्पादनहरु सहज रूपमा खरिद गर्न सक्नुहुनेछ। साथै आजको १०% छुटको अफरबाट भरपुर फाइदा लिन पनि हामी सम्पूर्ण ग्राहकवर्गमा अनुरोध गर्दछौँ।’











