लागत घटेपछि वाणिज्य बैंकहरुको आधार दर निरन्तर ओरालो, कहाँ पाइन्छ सस्तोमा ऋण?



बिजमाण्डू
२०८२ फागुन १२ गते १३:५४ | Feb 24, 2026
लागत घटेपछि वाणिज्य बैंकहरुको आधार दर निरन्तर ओरालो, कहाँ पाइन्छ सस्तोमा ऋण?

काठमाडौं। वाणिज्य बैंकहरुले निक्षेपको ब्याजदर घटाएर लागत कम गरेपछि आधार दर (बेस रेट) थप ओरालो लागेको छ।

Tata
GBIME
Nepal Life

कर्जाको माग सुस्त भइ लगानीयोग्य रकम (तरलता) थुप्रिएपछि बैंकहरुले निक्षेपको ब्याजदर निरन्तर घटाउँदा बेस रेट थप तल आएको हो।

पाँच वटा वाणिज्य बैंकको बेस रेट ५ प्रतिशतभन्दा तल आएको छ। एभरेष्ट, नेपाल, नबिल, स्टान्डर्ड चार्टर्ड र राष्ट्रिय वाणिज्य बैंकको बेस रेट ५ प्रतिशतभन्दा तल आएको हो।

बेस रेट राष्ट्रिय वाणिज्य बैंकको ४.३६, स्टान्डर्ड चार्टर्डको ४.५२, एभरेष्टको ४.७३, नेपाल बैंकको ४.९८ र नबिल बैंकको ४.९१ प्रतिशतमा आइपुगेको छ।

बेस रेट घट्नु भनेको ऋणको ब्याजदर सस्तो हुनु हो। बैंकहरुले बेस रेटमा अधिकतम ५ प्रतिशतसम्म प्रिमियम थपेर ऋण दिन्छन्। पछिल्लो तीन महिनाको औसत बेस रेटमा प्रिमियम थपेर बैंकहरुले ब्याजदर कायम गर्छन्।

बैंकहरुको आधार दरको अवस्था

वाणिज्य बैंकपछिल्लो तीन महिनाको औसत आधार दर
स्टान्डर्ड चार्टर्ड४.५२
राष्ट्रिय वाणिज्य४.३६
एभरेष्ट४.७३
नेपाल४.९८
ग्लोबल आइएमई५.०७
कृषि विकास५.१३
नबिल४.९१
नेपाल इन्भेष्टमेन्ट५.१२
सानिमा५.३४
प्रभु५.३९
एनएमबि५.३९
माछापुच्छ्रे५.३७
सिद्धार्थ५.५४
नेपाल एसबिआइ५.६१
कुमारी५.५९
लक्ष्मी सनराइज५.५१
हिमालयन५.६१
सिटिजन्स५.६३
प्राइम कमर्सियल५.६९
एनआइसी एसिया६.४१
स्रोत : वाणिज्य बैंकहरु