सेबोनले निर्देशिका नरोकेको भए आइजीनको विवाद आउने नै थिएन : सीडीएससी



बिजमाण्डू
२०८२ फागुन ११ गते १८:१३ | Feb 23, 2026
सेबोनले निर्देशिका नरोकेको भए आइजीनको विवाद आउने नै थिएन : सीडीएससी

काठमाडौं। सिडिएस एण्ड क्लियरिङ लिमिटेडले नेपाल धितोपत्र बोर्ड (सेबोन)ले ’धितोपत्र अभौतिकीकरण कार्य संचालन निर्देशिका’को मस्यौदा होल्डमा राखेका कारण इन्टरनेसनल सेक्युरिटिज आइडेन्टिफिकेसन नम्बर (आइजीन)को विषय विवादित बनेको बताएको छ।

Tata
GBIME
Nepal Life

सेबोनले निर्देशिका रोक्दा नयाँ कम्पनीको सेयरका लागि आइजीन कोड प्रदान गर्ने प्रक्रियामा कानुनी र प्राविधिक कठिनाइ भएको सीडीएससीले बताएको हो।

सीडीएससीले मंगलबार ललितपुर एक कार्यक्रम गरी प्रस्तावित निर्देशिकाका बारेमा सरोकारवालाहरुलाई जानकारी गराएको छ।

आइजीनले धितोपत्रलाई विश्वव्यापी रूपमा चिनिने एउटा अद्वितीय कोड दिने भए पनि निर्देशिका अभावमा काम गर्न नपाएको सीडीएससीको भनाइ छ।

आइजीन कोड समयमै उपलब्ध गराउन नसक्दा नयाँ धितोपत्रको सूचीकरण र दोस्रो बजारमा कारोबार सुरु गराउने प्रक्रिया समेत प्रभावित भएको सीडीएससीले बताएको छ।

‘हामीलाई निर्देशिकाको मस्यौदा केही दिनमै स्वीकृति भएर आउँछ भन्ने लागेकाे थियाे। सेबाेनबाट बेलैङ्गँ स्वीकृत भएकाे भए याे अवस्था आउने नै थिएन। तर, ७ महिनासम्म किन आएन?,’ सीडीएससीकी प्रमुख कार्यकारी अधिकृत प्रविण पन्दाकले भनिन्।