आज २६३ औं सेना दिवस, टुँडिखेलमा शिवरात्री बढाइँसँगै कवाज प्रस्तुत (तस्विरहरु)

प्रवीण रानाभाट
२०८२ फागुन ३ गते १२:२३ | Feb 15, 2026
आज २६३ औं सेना दिवस, टुँडिखेलमा शिवरात्री बढाइँसँगै कवाज प्रस्तुत (तस्विरहरु)


काठमाडौं । नेपाली सेनाले आफ्नो स्थापनाको २६३ औँ वार्षिकोत्सव आज मुलुकभर विविध कार्यक्रम आयोजना गरि मनाउँदै छ।

Vigo
GBIME
Tata

राष्ट्रपति रामचन्द्र पौडेलको प्रमुख आतिथ्यमा सैनिक टुँडिखेलमा आज महाशिवरात्रि बढाइँ तथा सेना दिवस विशेष समारोहको आयोजना गरिएको छ। राष्ट्रपति पौडेल नेपाली सेनाको परमाधिपति पनि हुन्।

सेनाले महाशिवरात्रिको दिनलाई सेना दिवसका रूपमा मनाउँदै आएको छ। त्यस अवसरमा सैनिक मञ्चमा शिवरात्री बढाइँसँगै परेड, तोप बढाइँ, कवाजलगायत सैनिक कला र विविध सांस्कृतिक कार्यक्रम प्रस्तुत गरिएको छ।

जंगीअङ्डामातहत पृतना, बाहिनी, गण र गुल्म तथा कूटनीतिक नियोग र शान्ति मिसनमा पनि विभिन्न कार्यक्रम गरि सेना दिवस मनाइँछ।