मुम्बईमा बज्दैछ मादल, बिहानैदेखि मरिन ड्राइभमा भेला हुँदै समर्थक (तस्विरहरु)

मुकुन्द घिमिरे
२०८२ फागुन ३ गते ०९:२६ | Feb 15, 2026
मुम्बईमा बज्दैछ मादल, बिहानैदेखि मरिन ड्राइभमा भेला हुँदै समर्थक (तस्विरहरु)


मुम्बई । आज टी २० विश्वकप अन्तर्गत नेपाल र वेस्ट इण्डिजको खेल हुँदैछ। मुम्बईको वानखडे स्टेडियममा बिहान ११:१५ बजे खेल हुँदैछ।

Vigo
GBIME
Tata

विश्व विजेता रहिसकेको वेस्ट इण्डिजविरुद्ध नेपाललाई आज जित निकाल्नुपर्ने दबाब छ। यसअघिको दुई हारले नेपाल चुनौतीपूर्ण अवस्थामा छ।

यस्तो अवस्थामा पनि मुम्बईमा नेपाली समर्थकले भने साथ छाडेका छैनन्। यसअघिका दुई खेलमा जस्तै यसपटक पनि वानखडेमा नेपाली समर्थकको उपस्थिति बाक्लो हुनेछ।

आज बिहानैदेखि खेलाडीलाई समर्थन गर्न समर्थकहरु मरिन ड्राइभमा भेला भइरहेका छन्। उनीहरु मादल बजाउँदै नेपाली टोलीको हौसला बढाउन हुटिङ गरिरहेक छन्।