निर्वाचन सामग्री ढुवानीको चटारो शनिबार पनि, विभिन्न जिल्लाका लागि निस्कदैछन् गाडी (तस्बिरहरु)

बिजमाण्डू
२०८२ फागुन २ गते १५:२२ | Feb 14, 2026
निर्वाचन सामग्री ढुवानीको चटारो शनिबार पनि, विभिन्न जिल्लाका लागि निस्कदैछन् गाडी (तस्बिरहरु)


प्रतिनिधि सभा सदस्यको निर्वाचनका लागि यतिबेला जिल्ला जिल्लामा निर्वाचन सामाग्री ढुवानीको काम भइरहेको छ। निर्वाचन आयोगको कार्यालयबाट कर्मचारीहरुले जिल्लाका विभिन्न निर्वाचन क्षेत्र तोकेर आवश्यक सामाग्री पठाइरहेका छन्।

Vigo
GBIME
Tata

निर्वाचन सामाग्री पठाउने काममा शनिबार पनि आयोग कर्मचारी व्यस्त रहे। निर्वाचन सामाग्रीमा मतपत्र बाकस, स्वस्तिक छाप, छाप राख्ने प्याड र मसी, अमिट मसी (औंलामा लगाउने), मतदान अधिकृतका लागि निर्देशन पुस्तिका, मुचुल्का फाराम, सिल र स्टिकर (मतपेटिका बन्द गर्न), स्टेशनरी सामग्री (कलम, मार्कर, टेप आदि), मतदान केन्द्र संकेत बोर्ड, गोप्य मतदान कक्षका परदा/कपडा लगायत छन्। (तस्बिर : रासस)