सेयर बजार ८.९७ अंक बढेर २६७१.०७ विन्दुमा, ११ अर्ब १० करोडको किनबेच



बिजमाण्डू
२०८२ माघ २९ गते १५:२३ | Feb 12, 2026
सेयर बजार ८.९७ अंक बढेर २६७१.०७ विन्दुमा, ११ अर्ब १० करोडको किनबेच

काठमाडौं। लगातार चार दिन ओरालो लागेको सेयर बजार पाँचौं दिन सामान्य अंक बढेको छ। नेप्से परिसूचक बिहीबार ८.९७ अंक बढेर २६७१.०७ विन्दुमा पुगेको छ।

Tata
GBIME
Nepal Life

कारोबारमा आएका होटल तथा पर्यटन, माइक्रो फाइनान्स, निर्जीवन बीमा, अन्य र ट्रेडिङ बाहेकका उपसमूहले बजार बढाएका हुन्।

विकास बैंकको सूचक सबैभन्दा धेरै १.१८ प्रतिशतले बढेको छ। बजारमा १३९ कम्पनीको मूल्य बढेको छ। मध्य भोटेकोसी जलविद्युत कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ।

सूचकसँगै बिहीबार कारोबार रकम बढेको छ। बजारमा बिहीबार ११ अर्ब १० करोड २५ लाख रुपैयाँको सेयर किनबेच भएको छ।

ङादी ग्रुप पावरको सर्वाधिक ७० करोड ५३ लाख रुपैयाँको सेयर किनबेच भएको छ। यस्तै,एसवाई प्यानलको ४३ करोड ४२ लाख रुपैयाँको सेयर कारोबार भएको छ।

बजारमा ११५ कम्पनीको मूल्य घटेको छ। कालिञ्चोक दर्शनको सबैभन्दा धेरै ७.५९ प्रतिशतले सेयर मूल्य घटेको छ।