नेप्से दोहोरो अंकले बढेर २७०० विन्दुमाथि, ११ अर्ब ५८ करोडको सेयर किनबेच



बिजमाण्डू
२०८२ माघ २२ गते १५:१९ | Feb 5, 2026
नेप्से दोहोरो अंकले बढेर २७०० विन्दुमाथि, ११ अर्ब ५८ करोडको सेयर किनबेच

काठमाडौं। सेयर बजार परिसूचक दोहोरो अंकले बढेको छ। नेप्से बिहीबार २७.१९ अंकले बढेर २७०८.७० विन्दुमा पुगेको छ।

Tata
GBIME
Nepal Life

ट्रेडिङ बाहेकका उपसमूहले बजार बढाएका हुन्। निर्जीवन बीमा कम्पनी र अन्य उपसमूहको सूचक सबैभन्दा धेरै बढेको छ।

बजारमा २०१ कम्पनीको सेयर मूल्य बढेको छ। ४ वटा कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ। कालिञ्चोक दर्शन, सुपरमाई हाइड्रोपावर, मोदी इनर्जी र राधी विद्युत कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको हो।

बजारमा ५५ कम्पनीको मूल्यमा गिरावट आएको छ। सुपर मार्दी हाइड्रोपावरको सेयर मूल्यमा नेगेटिभ सर्किट लागेको छ।

सूचकसँगै बजारमा कारोबार रकम पनि बढेको छ। बुधबार बजारमा ७ अर्ब ४९ करोड रुपैयाँको सेयर किनबेच भएकामा बिहीबार ११ अर्ब ५८ करोड २८ लाख रुपैयाँको सेयर कारोबार भएको छ।

युनियन हाइड्रोपावरको सबैभन्दा धेरै ५८ करोड ७७ लाख रुपैयाँको सेयर किनबेच भएको छ। यस्तै, राधी विद्युत कम्पनीको ५७ करोड ५० लाख र एसवाई प्यानलको ५३ करोड ७४ लाख रुपैयाँको सेयर कारोबार भएको छ।