पाणाय इन्भेस्टमेन्टमा थपिए दुई सञ्चालक, उत्पादन, मिडिया र यातायात क्षेत्रमा पनि लगानी बढाउने



बिजमाण्डू
२०८२ माघ १९ गते १६:३९ | Feb 2, 2026
पाणाय इन्भेस्टमेन्टमा थपिए दुई सञ्चालक, उत्पादन, मिडिया र यातायात क्षेत्रमा पनि लगानी बढाउने


काठमाडौं। पाणाय इन्भेस्टमेन्ट लिमिटेडले सञ्चालक समितिमा दुई जना सदस्य थप गर्दै नेतृत्वलाई थप बलियो बनाएको छ। शशिराज बज्राचार्य र एमिल प्रधानलाई सञ्चालक पदमा नियुक्त गरेको सोमबार जनाएको हो।

Tata
GBIME
Nepal Life

बज्राचार्य उद्यमी तथा शिक्षाविद् हुन्। उनले यसअघि जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडको सञ्चालक समितिमा थिए। उनी काठमाडौं युनिभर्सिटी स्कूल अफ म्यानेजमेन्ट र दि ब्रिटिस कलेजमा भिजिटिङ फ्याकल्टीका रूपमा समेत आबद्ध छन्। त्यसैगरी अर्का नवनियुक्त सञ्चालक प्रधान लगानी तथा प्रभावकारी आयोजना व्यवस्थापनका अनुभवी हुन्।

नेपाल पुनर्बीमा कम्पनी लिमिटेडको पूर्व सञ्चालक प्रधान जोखिम व्यवस्थापन र संस्थागत लगानीको क्षेत्रमा दक्षता राख्छन्। कम्पनीको सञ्चालक समितिमा एक दशकभन्दा बढी लगानी परामर्शको अनुभव भएकी चार्टर्ड एकाउन्टेन्ट शिलु रेग्मीले पनि निरन्तरता दिने पाणायद्वारा जारी विज्ञप्तिमा छ।

पाणाय इन्भेस्टमेन्ट नेपाल धितोपत्र बोर्डबाट अनुमतिपत्र प्राप्त लगानीकर्ता क्मपनी हो। पीइभीसी फन्ड म्यानेजर ग्लोबल इक्विटी फण्ड लिमिटेडद्वारा व्यवस्थित पाणाय इन्भेस्टमेन्टले आफ्नो उपस्थितिलाई विस्तार गरिरहेको जनाएको छ। नवीकरणीय ऊर्जा, हस्पिटालिटी र आईटी क्षेत्रमा बलियो लगानी रहेको कम्पनीले सञ्चालकमा नयाँ नेतृत्वको आगमनसँगै अब उत्पादन, मिडिया र यातायात क्षेत्रमा पनि लगानी विस्तार गर्ने लक्ष्य राखेको छ।