शहीद उद्यान लैनचौरमा विशेष सभा, प्रधानमन्त्री कार्कीद्वारा शहीदप्रति श्रद्धाञ्जली अर्पण

बिजमाण्डू
२०८२ माघ १६ गते १२:५३ | Jan 30, 2026
शहीद उद्यान लैनचौरमा विशेष सभा, प्रधानमन्त्री कार्कीद्वारा शहीदप्रति श्रद्धाञ्जली अर्पण


काठमाडौं। शहीद उद्यान लैनचौरमा शुक्रबार विशेष श्रद्धाञ्जली सभा आयोजना गरिएको छ।

Vigo
GBIME
Tata

काठमाडौं महानगरपालिकाले हरेक वर्ष माघ १० गतेदेखि साताव्यापी कार्यक्रम गर्छ। उक्त कार्यक्रमको अन्तिम दिन शुक्रबार लैनचौरमा सभा गरिएको हो।

सो क्रममा प्रधानमन्त्री सुशीला कार्कीले लैनचौरस्थित शहीद स्मारक पुगी शहीदहरूको सम्झनामा श्रद्धाञ्जली अर्पण गरेकी छन्।

काठमाडौं महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डंगोलले नागरिक स्वतन्त्रता, मानव अधिकार, सुशासन तथा स्वाभिमानका लागि विगतमा गरिएका प्रयत्न र त्याग बिर्सनु नहुने धारणा राखिन्।

शहीद दिवसको अवसरमा शुक्रबार बिहान शान्तिवाटिकाबाट प्रभातफेरी सुरु भएको थियो। शान्तिवाटिकामा भेला भएर नेपाल प्रहरी र सशस्त्र प्रहरीको ब्यान्ड, मार्चपास र शहीदको तस्बिर राखिएको बग्गीसहितको प्रभातफेरी शहीद उद्यान लैनचौरमा पुगेर श्रद्धाञ्जली सभामा परिणत भएको थियो।

सभामा प्रधानमन्त्री कार्कीसहित गृहमन्त्री ओमप्रकाश अर्याल लगायतका मन्त्रीहरू, सरकारका उच्चपदस्थ अधिकारी, जनप्रतिनिधि र सुरक्षा अङ्गका प्रमुखहरूको सहभागिता थियो।