कर्जा नोक्सानी घट्दा विकास बैंकहरूको नाफामा उल्लेखनीय वृद्धि, कसको कति कति?



बिजमाण्डू
२०८२ माघ १५ गते ०७:५८ | Jan 29, 2026
कर्जा नोक्सानी घट्दा विकास बैंकहरूको नाफामा  उल्लेखनीय वृद्धि, कसको कति कति?

काठमाडौं। कर्जा नोक्सानी घट्दा अधिकांश विकास बैंकहरुले नाफा बढाएका छन्। चालु आर्थिक वर्ष २०८२/८३ को दोस्रो त्रैमास (पुस मसान्त)सम्म अधिकांश विकास बैंकहरुले नाफा बढाएका हुन्।

Tata
GBIME
Nepal Life

ऋण असुली विस्तारै हुँदै हुँदै प्रोभिजनिङ घट्दा अधिकांश बैंकहरुले दोस्रो त्रैमासम्ममा नाफा बढाउन सफल भएका छन्। वित्तीय विवरण सार्वजनिक गरेका ९ मध्ये ७ बैंकले नाफा बढाउदा दुइ बैंक नोक्सानीमा देखिएका छन्।

सांग्रिला डेभलपमेन्ट बैंक, कामना सेवा, गरिमा, लम्बिनी, महालक्ष्मी, मितेरी र ग्रीन डेभलपमेन्ट बैंकले नाफा बढाउन सफल भएका छन्। हालै आइपीओ निष्कासन गरेको सालपा विकास बैंक र सिन्धु विकास बैंकको नाफा ऋणात्मक देखिएको छ।

पुस मसान्तसम्म मितेरी डेभलपमेन्ट बैंकको नाफा सबैभन्दा धेरै १२०.२५ प्रतिशतले बढेको छ भने महालक्ष्मी विकास बैंकको नाफा ६.४१ प्रतिशतले बढेको छ।

६ महिनामा गरिमा विकास बैंकले सबैभन्दा धेरै ६३ करोड ५१ लाख खुद नाफा गरेको छ।

बैंक२०८२/८३ पुससम्म नाफा२०८१/८२ पुससम्म नाफा नाफा फरक (प्रतिशतमा)
सांग्रिला डेभलपमेन्ट३०२५९७८३८१९६५६१३००५३.९५
कामना सेवा३९४५५०५६९३२२४९३२१४२२.३४
गरिमा६३५१३०८०९५४९२६६३०८१५.६३
लुम्बिनी२८५३७७३०८१४७६१८९९६९३.३२
महालक्ष्मी३०५९३१०८९२८७४९९९३७६.४१
मितेरी५७००५६३३२५८८१७४६१२०.२५
सालपा-२०४०१२०३.८१-१३९२९७७.६३
ग्रीन डेभलपमेन्ट११००२८९९८७२९३८०२६.०४
सिन्धु विकास बैंक-१५४६८१२२४८७०४१२३
स्रोत : बैंकहरुले सार्वजनिक गरेको वित्तीय विवरण