मेटाले फेसबुक, इन्स्टाग्राम र ह्वाट्सएपको पेड सब्सक्रिप्सन प्लान ल्याउने

बिजमाण्डू
२०८२ माघ १४ गते १६:५८ | Jan 28, 2026
मेटाले फेसबुक, इन्स्टाग्राम र ह्वाट्सएपको पेड सब्सक्रिप्सन प्लान ल्याउने


मेटाले फेसबुक, इन्स्टाग्राम र ह्वाट्सएपलाई पैसा तिरेर चलाउन मिल्ने गरि ट्रायल प्रिमियम सब्सक्रिप्सन प्लान ल्याउन लागेको छ।

Vigo
GBIME
Tata

यो प्लान अन्तर्गत प्रयोगकर्ताले ती प्लेटफर्ममा एआईको प्रयोगसँगै अन्य फिचरहरु पाउनेछन्।

यसले हालका प्रयोगकर्तालाई कुनै समस्या हुँदैन। उनीहरुले नि:शुल्क ती प्लेटफर्म चलाउन सक्नेछन्। मात्र उनीहरुले पेड सब्सक्राइबरले प्रयोग गर्ने फिचरहरु चलाउन पाउने छैनन्।

भाइब्स भिडियो जेनरेसन एप जस्तो एआई भिज्वल क्रिएसन टुललाई पनि सब्सक्रिप्सन मोडलमा ल्याउने तयारी मेटाको छ।

हाल मेटाले सब्सक्रिप्सन प्लानलाई ट्रायलको रुपमा संचालन गर्नेछ। जनवरीमा मेटाले बेलायतका प्रयोगकर्तालाई विज्ञापन रहित फेसबुक र इन्सटाग्राम चलाउने २.९९ पाउन्ड पर्ने जनाएको थियो। यही सेप्टेम्बरबाट बेलायतका प्रयोगकर्ताले पेड र फ्रि भर्सनमध्ये एउटा चलाउने भन्ने छान्न पाउनेछन्। युरोपियन युनियनका देशले यो सेवा लिन भने ५.९९ युरो तिर्नुपर्नेछ।