एनसेल र भाटभटेनीद्वारा टी-२० विश्वकपका मर्चेन्डाइजमा २० प्रतिशतसम्म छुट अफर



बिजमाण्डू
२०८२ माघ ६ गते ०९:१३ | Jan 20, 2026
एनसेल र भाटभटेनीद्वारा टी-२० विश्वकपका मर्चेन्डाइजमा २० प्रतिशतसम्म छुट अफर


काठमाडौं । एनसेल र भाटभटेनीले संयुक्त रुपमा विशेष अफर सार्वजनिक गरेका छन्। अफर अन्तर्गत नेपालको आधिकारिक टी-२० पुरुष क्रिकेट विश्वकप २०२६ को मर्चेन्डाइज खरिद गर्दा उपभोक्ताले २० प्रतिशतसम्म छुट प्राप्त गर्न सक्ने जनाइएको छ।

Vigo
GBIME
Tata

अफरअन्तर्गत कर सहित२९९ रुपैयाँ वा सोभन्दा माथिका एनसेल डेटा वा कम्बो प्याक खरिद गर्ने ग्राहकहरुले छुटको लागि कुपन प्राप्त गर्नेछन्। यसरी प्राप्त हुने छुट कुपन नेपालका आधिकारिक टी-२० क्रिकेट विश्वकप मर्चेन्डाइज खरिद गर्दा भाटभटेनीको अनलाइन स्टोरमा प्रयोग गर्न सकिने जनाइएको छ।

यो अफरले क्रिकेट प्रेमीहरूलाई गर्वका साथ मर्चेन्डाइज प्रयोग गर्ने अवसर प्रदान गर्दै राष्ट्रिय क्रिकेट टोलीसँग भावनात्मक रूपमा झन् बढी जोड्ने अपेक्षा दुवै कम्पनीले गरेको छ।

अफर अन्तर्गतका मर्चेन्डाइजमा नेपाली राष्ट्रिय क्रिकेट टोलीको जर्सी, रेप्लिका जर्सी, क्रिकेट ट्रयाकसुट तथा क्याप समावेश रहेको जनाइएको छ।  यो अफर एनसेल एप, देशभरका एनसेल पसल तथा एनसेल सेन्टरहरूमार्फत उपलब्ध हुनेछ।

एनसेल एपमार्फत सहभागी हुन ग्राहकले एप खोली टी-२० विश्वकप क्याम्पेन ब्यानरमा क्लिक गर्न वा अफर अन्तर्गतका कुनै पनि प्याक चयन गरि खरिद प्रक्रिया पूरा गर्न सक्ने भनिएको छ। खरिदपछि ग्राहकले आफ्नो एनसेल नम्बरमा छुटको प्रोमो कोडसहित भाटभटेनीको लिंक भएको एसएमएस प्राप्त गर्छन्।

त्यसपछि भाटभटेनीको लिंकमा क्लिक गरी ग्राहकले आफूलाई मन पर्ने मर्चेन्डाइज छनोट गर्न सक्छन् र चेक आउटका क्रममा प्रोमो कोड प्रयोग गरि छुटको लाभ लिन सक्छन्। अर्डरको पुष्टि भएपछि छनोट गरिएको मर्चेन्डाइज ग्राहकले रोजेको स्थानमा डेलिभरी गरिन्छ।

यो अफर २०२६ मार्च ३१ अर्थात् २०८२ चैत १७ गते सम्म वा भाटभटेनी अनलाइन स्टोरमा अफर अन्तर्गतको मर्चेन्डाइज उपलब्ध रहुन्जेल लागु हुने जनाइएको छ।

ग्राहकहरुले अफरका लागि आफू योग्य रहने कुनै पनि प्याकको प्रत्येक खरिदमा एक मात्र प्रोमो कोड अर्थात् कुपन प्राप्त गर्छन। प्रोमो कोड साथीभाइ वा परिवारका सदस्यहरूलाई दिन पनि सकिन्छ। यद्यपि, यो नगदसँग साट्न वा अन्य अफरसँग जोडेर प्रयोग गर्न भने सकिने छैन।