राष्ट्र बैंकले घटायो निष्क्रिय कर्जा स्तरोन्नति हुने अवधि, ६ महिनाबाट ३ महिनामा झार्‍यो



बिजमाण्डू
२०८२ माघ २ गते १५:५३ | Jan 16, 2026
राष्ट्र बैंकले घटायो निष्क्रिय कर्जा स्तरोन्नति हुने अवधि, ६ महिनाबाट ३ महिनामा झार्‍यो

काठमाडौं। नेपाल राष्ट्र बैंकले निष्क्रिय कर्जाको स्तरोन्नति हुने अवधि घटाएको छ। अब यस्तो कर्ताको ब्याज भुक्तानी भएको ३ महिनापछि नै स्तरोन्नति गर्न पाइने भएको हो।

Tata
GBIME
Nepal Life

यसअघि, निष्क्रिय कर्जामा भाखा नाघेको बक्यौता रकम भुक्तानी भएपछि ६ महिनासम्म सुक्ष्म निगरानीमा राख्नु पर्ने व्यवस्था थियो। त्यसपछि मात्रै यस्तो कर्जालाई असलमा स्तरोन्नति गर्न सकिन्थ्यो।

शुक्रबार राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाका लागि जारी गरेको एकीकृत निर्देशिकामा यो कुरा उल्लेख छ।

बैंकहरूले कमसल, शंकाष्पद र खराब कर्जामा वर्गीकृत कर्जालाई भाखा नाघेको सम्पूर्ण वक्यौता रकम भुक्तानी भई नियमित असुली भएको ३ महिनापछि मात्रै स्तरोन्नति हुनेगरी नोक्सानी कायम गर्नुपर्ने उल्लेख छ।

साथै, २०८२/०८३ मा वाणिज्य बैंकहरूले काउन्टर साइक्लिकल बफर बापतको नोक्सानी शून्य प्रतिशत रहने उल्लेख छ।