टाटाले सार्वजनिक गर्‍यो ‘बिग स्विच’अफर, पुरानो गाडी साटेर नयाँ ‘अपग्रेड’ गर्न पाइने



बिजमाण्डू
२०८२ पुष ३० गते १८:१५ | Jan 14, 2026
टाटाले सार्वजनिक गर्‍यो ‘बिग स्विच’अफर, पुरानो गाडी साटेर नयाँ ‘अपग्रेड’ गर्न पाइने


काठमाडौं । टाटा मोटर्सको नेपालका लागि आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रा.लि.ले अङ्ग्रेजी नयाँ वर्ष २०२६ को अवसरमा ग्राहकहरूका लागि विशेष ‘न्यू इयर बिग स्विच’कार्यक्रम सार्वजनिक गरेको छ।

Vigo
GBIME
Tata

जनवरी १५ देखि १८ तारिख (माघ १ देखि ४ गते) सम्म संचालन हुने यस चार दिनको कार्यक्रम मार्फत ग्राहकहरूले आफ्ना पुराना जुनसुकै गाडीहरू साटेर टाटाका अत्याधुनिक सवारी साधनहरूमा अपग्रेड गर्ने अवसर प्राप्त गर्ने कम्पनीले जनाएको छ।

यस ‘बिग स्विच’ कार्यक्रमको मुख्य उद्देश्य ग्राहकलाई आफ्नो पुरानो गाडीको ‘उत्कृष्ट एक्सचेन्ज मूल्यांकन’ उपलब्ध गराउँदै नयाँ सवारीको अनुभव दिलाउनु रहेको कम्पनीले जनाएको छ।

योजना अवधिभर टाटाका गाडी बुकिङ गर्ने प्रत्येक ग्राहकले आकर्षक उपहारहरू प्राप्त गर्नेछ र  आकर्षक नगद छुटको सुविधा समेत उपलब्ध गराइएको छ। विशेष गरी विद्युतीय सवारी साधन (ईभी) प्रति रुचि राख्ने ग्राहकहरूका लागि कम्पनीले आजीवन निःशुल्क डीसी फास्ट चार्जिङ र निःशुल्क होम चार्जिङ जडान जस्ता विशेष सहुलियतहरू प्रदान गरेको जनाइएको छ।

यसका साथै नयाँ गाडी खरिद गर्दा ग्राहकले एक वर्षको सवारी कर छुट र निःशुल्क एसेसोरिज जस्ता सुविधाहरू समेत पाउनेछन्।