काठमाडौं। नेपाली कांग्रेसको विशेष महाधिवेशनका कारण काठमाडौंको भृकुटीमण्डपमा भरिभराउ भएको छ।
आइतबार महाधिवेशनको उद्घाटनअघि काठमाडौंका विभिन्न स्थानबाट साँस्कृतिक भेषभूषाका साथै बाजागाजासहितको र्याली निकालिएको थियो।


सुन्धारा, रत्नपार्क, शङ्करदेव क्याम्पस, कमलपोखरी, कुपण्डोल लगायत क्षेत्रमा नेता, कार्यकर्ता भेला भएर निकालिएको र्याली भृकुटीमण्डप पुगेको छ।

नेपाली कांग्रेसका महामन्त्रीहरू गगन थापा र विश्वप्रकाश शर्माको अगुवाईमा भइरहेको विशेष महाधिवेशनलाई संस्थापन पक्षले भने मान्यता दिएको छैन।














