एनसेलको जेनजी लक्षित ‘युवा सिम’, २८ दिनका लागि २९९ रुपैयाँमा अनलिमिटेड कल सेवा



बिजमाण्डू
२०८२ पुष २७ गते ११:५९ | Jan 11, 2026
एनसेलको जेनजी लक्षित ‘युवा सिम’, २८ दिनका लागि २९९ रुपैयाँमा अनलिमिटेड कल सेवा

काठमाडौं। एनसेलले जेनजी पुस्ताको सञ्चार आवश्यकतालाई लक्षित गर्दै आकर्षक स्टार्टर प्याक ‘युवा सिम’ संचालनमा ल्याएको छ।

Tata
GBIME
Nepal Life

विद्यार्थीलाई सुलभ शुल्कमा दूरसञ्चार सेवामा सहज पहुँच सुनिश्चित गर्ने प्रतिबद्धता बमोजिम यो प्याक ल्याइएको कम्पनीले जनाएको छ।

कम्पनीका अनुसार सन् १९९७ पछि जन्मिएका नेपाली नागरिकले तोकिएको प्रक्रिया पूरा गरी यो सिम अर्थात प्याक लिएर फाइदा लिन सक्छन्। प्याकको मूल्य करसहित २९९ रुपैयाँ तोकिएको छ।

यस प्याकमा अनलिमिटेड अन नेट (एनसेल–टु–एनसेल) कल सेवा, ५ जीबी डेटा, डिजिटल वालेट इसेवा र खल्तीको प्रयोगमा डेटा शुल्क नलाग्ने सुविधा तथा अनलाइन शिक्षण प्लेटफर्म ‘मेरो स्कुल’ मा निःशुल्क पहुँच उपलब्ध छन्। यी सबै सेवा सुविधा २८ दिनका लागि मान्य रहने कम्पनीले जनाएको छ।

ग्राहकले अफ–नेट (एनसेलबाट अन्य स्थानीय नेटवर्क) कलमा विशेष छुट प्राप्त गर्छन् जस अन्तर्गत प्रति मिनेट १ रुपैयाँमा कल गर्न सकिने कम्पनीले जनाएको छ।

त्यसैगरी, २८ दिनको अवधिभित्र तोकिएको ५ जीबी डेटा प्रयोग भइसकेपछि पनि ग्राहक ले पे–एज–यू–गो डेटा सेवा प्रति एमबी ५० पैसामा निरन्तर प्रयोग गर्न सक्छन्।

‘युवालाई लक्षित गरी तयार गरिएको युवा सिम सार्वजनिक गर्न पाउँदा हामी अत्यन्तै खुसी छौं। आकर्षक सेवा सुविधा बन्डल रहेको यो प्याकले युवालाई सधैं कनेक्टेड रहन सहयोग पुर्‍याउँदै विभिन्न अवसर र डिजिटल भविष्यसँग जोड्छ। यसले उनीहरुको डिजिटल जीवनशैलीलाई सहज बनाउने र शिक्षामा समेत सहयोग पुर्‍याउने विश्वास लिएका छौं,’ एनसेलका चिफ कन्सुमर बिजनेश अफिसर उपाङ्ग दत्तले भने।

युवा सिममा अर्को एक विशेषता पनि छ। यसमा एनसेलले सामाजिक सञ्जालमाथिको पहुँचलाई लक्षित गर्दै २४ घण्टासम्म मान्य १ जीबी डेटा १९ रुपैयाँमा प्रदान पनि गर्छ।