काठमाडौं । सिंहदरबारको पश्चिमद्वार नजिक रहेको पृथ्वीनारायण शाहको सालिकमा माल्यार्पण गरेर आज राष्ट्रिय एकता दिवस मनाइएको छ।
राष्ट्रपति रामचन्द्र पौडेलले आज माल्यार्पण गरेर शाहप्रति सम्मान व्यक्त गरेका हुन्। सो अवसरमा नेपाली सेनाको एक टुकडीले सलामी अर्पण पनि गरेको थियो।

पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसका अवसरमा आयोजित उक्त समारोहमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री सुशीला कार्की, प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत, राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहाल र उपाध्यक्ष विमला घिमिरे, मन्त्रीहरु पनि सहभागी थिए।
हरेक वर्ष पृथ्वीनारायण शाहको जन्मदिन पुस २७ गते राष्ट्रिय एकता दिवसका रूपमा मनाइँदै आएको छ।


























