विभिन्न भाग हुस्सु र कुहिरोले ढाकिएका बेला पनि यतिबेला पोखरा भने घामले झलमल्ल छ। बिहानैदेखि खुलेको आकाशमा रंगीचंगी प्याराग्लाइडरहरू कावा खाइरहेका दृश्यले पोखरालाई थप आकर्षक बनाएको छ।
पोखरा–१८ स्थित तोरीपानीबाट आकाश उडेका प्याराग्लाइडरहरू फेवा तालको किनारमा सुरक्षित अवतरण गरिरहेका छन्।

प्याराग्लाइडिङमार्फत आकाशबाट देखिने फेवा ताल, तालबाराही मन्दिर, हरियाली पहाड र शहरको दृश्यले पर्यटकलाई रोमाञ्चित बनाउँछ। विशेषगरी साहसिक खेलमा रुचि राख्ने आन्तरिक तथा बाह्य पर्यटकका लागि पोखराको प्याराग्लाइडिङ प्रमुख आकर्षण बनेको छ।

हुस्सुका कारण देशका अन्य पर्यटकीय गन्तव्य प्रभावित हुँदा पोखराको मौसम अनुकूल हुँदा यहाँ पर्यटकको चहलपहल बढेको छ। मौसम खुला रहेसम्म प्याराग्लाइडिङसँगै अन्य साहसिक गतिविधिमा समेत पर्यटकको आकर्षण बढ्ने व्यवसायीहरू बताउँछन्।










