रेमिटेन्स ३५.६ प्रतिशतले वृद्धि, पाँच महिनामा भित्रियो ८.७० खर्ब, मंसिरमा मात्र १.१८ खर्ब



बिजमाण्डू
२०८२ पुष २५ गते १४:३७ | Jan 9, 2026
रेमिटेन्स ३५.६ प्रतिशतले वृद्धि, पाँच महिनामा भित्रियो ८.७० खर्ब, मंसिरमा मात्र  १.१८ खर्ब

काठमाडौं। रेमिटेन्स आप्रवाह ३५.६ प्रतिशतले वृद्धि भएको छ।

Tata
GBIME
Nepal Life

नेपाल राष्ट्र बैंकले शुक्रबार सार्वजनिक गरेको तथ्यांक अनुसार चालु आर्थिक वर्ष २०८२/८३ को पाँच महिनामा ८ खर्ब ७० अर्ब ३१ करोड रुपैयाँ रेमिटेन्स भित्रिएको छ। त्यसमध्ये १ खर्ब ८३ अर्ब १८ करोड रुपैयाँ मंसिर महिनामा भित्रिएको हो।

पोहोर पहिलो पाँच महिनामा रेमिटेन्स वृद्धिदर ४.७ प्रतिशतमा सीमित थियो। गत आर्थिक वर्ष मंसिरमा १ खर्ब १८ अर्ब ७९ करोड रुपैयाँ रेमिटेन्स भित्रिएको थियो।

पाँच महिनामा अन्तिम श्रम स्वीकृति लिएर १ लाख ७५ हजार ५९१ जना र पुनः श्रम स्वीकृति लिएर १ लाख ६३ हजार ९२४ युवा वैदेशिक रोजगारीमा गएका छन्।

अघिल्लो वर्ष पाँच महिनामा अन्तिम श्रम स्वीकृति लिनेको संख्या १ लाख ९० हजार ३८४ र पुनः श्रम स्वीकृति लिनेको संख्या १ लाख ३५ हजार ४२५ थियो।