डोङफेङका अध्यक्षसहितको टोलीको नेपाल भ्रमण, बजारको समीक्षा र सहर्कायमा जोड



बिजमाण्डू
२०८२ पुष १५ गते ०७:५७ | Dec 30, 2025
डोङफेङका अध्यक्षसहितको टोलीको नेपाल भ्रमण, बजारको समीक्षा र सहर्कायमा जोड

काठमाडौं । डोङफेङ मोटर इन्डस्ट्री इम्पोर्ट एन्ड एक्सपोर्ट कम्पनी लिमिटेडका अध्यक्ष वाङ लङको नेतत्वमा प्रतिनिधिमण्डल नेपाल आएको छ।

Tata
GBIME
Nepal Life

यस भ्रमणको उद्देश्य नेपालमा डोङफेङको बजार प्रदर्शन, संचालन संरचना तथा समग्र उपस्थितिको समीक्षा गर्नु रहेको र स्थानीय साझदार र ग्राहकसँगको सहकार्यलाई थप मजबतु बनाउनुरहेको कम्पनीले जनाएको छ।

डोङफेङ मोटरको नेपाली बजारप्रतिको चासो र दीर्घकालीन विकासको सम्भावनाका आधारमा यो भ्रमण तय भएको भनिएको छ।

प्रतिनिधिमण्डलमा DFMIEC का अध्यक्ष श्री वाङ लङ, स्ट्राटेजिक अपरेसन्स डिपार्टमेन्टका निर्देशक

टोलीले नेपालमा हाल भइरहेका बजार गतिविधिहरूको अवलोकन गर्नुका साथै पर्वाूधार र आफ्टर सेल्स सर्भिसको मल्यांकन पनि गरेको छ। त्यस्तै, भविष्यको विकास, विस्तार र तीव्र बजार पहुँचका अवसरहरुबारेअध्ययन गरिएको थियो।

भ्रमणका क्रममा प्रतिनिधिमण्डलले नेपालमा डोङफेङको हालसम्मको प्रदर्शनको समीक्षा गर्दै ग्राहक प्रतिक्रिया, बजारको ट्रेण्ड तथा संचालन दक्षताबारे जानकारी लिएको थियो। साथै विद्यमान फ्यासिलिटीहरूको मल्यांकन गर्दै ब्रान्ड उपस्थितिलाई अझ सशक्त बनाउने, ग्राहक अनभवु सधार गर्ने र नेपाली बजारका लागि उत्पादन रेन्ज विस्तार गर्ने रणनीतिहरूमाथि छलफल गरिएको थियो।

भ्रमणको अवसरमा डोङफेङका प्रतिनिधिमण्डलले ग्राहकहरूलाई नामी गाडीहरू पनि हस्तान्तरण गरेका थिए। डोङफेङ मोटरलेनेपालमा आफ्ना गतिविधिहरू संचालन गर्न निरन्तर सहयोग गर्ने, स्थानीय साझेदारसँग निकट रहेर काम गर्ने, पूर्वाधारहरू सदृढु गर्ने, सेवा गुणस्तर सुधार गर्ने र विकसित हुँदै गएको नेपाली ईभी बजारमा नयाँ सम्भावनाहरूको ढोका खोल्ने प्रतिबद्धता दोहोर्याएको जनाइएको छ।