३ लाख रुपैयाँमै दुई तले घर! राष्ट्रिय घर निर्माण फेस्टमा सर्वसाधारणको चासो (तस्बिरहरू)



सुशील श्रेष्ठ
२०८२ पुष १४ गते १४:५२ | Dec 29, 2025
३ लाख रुपैयाँमै दुई तले घर! राष्ट्रिय घर निर्माण फेस्टमा सर्वसाधारणको चासो (तस्बिरहरू)


काठमाडौं। भृकुटीमण्डपमा जारी राष्ट्रिय घर निर्माण फेस्ट २०८२ प्रति घर बनाउन चाहने व्यक्तिहरूले चासो व्यक्त गरेका छन्। शनिबार सुरु भएको उक्त फेस्टमा घर निर्माणसँग सम्बन्धित सबै जानकारी एकै स्थानमा लिन सकिन्छ।

Tata
GBIME

फेस्टमा ३ लाख, ६ लाख तथा १० लाख रुपैयाँमै बन्ने घरहरूको डिजाइन पनि प्रदर्शन गरिएको छ।

फेस्टमा ढोका/झ्याल, फर्निचर, टायल्स, इलेक्ट्रिकल र प्लम्बिङ तथा बाथरुम एसोसरिज लगायतका विभिन्न स्टलहरू राखिएका छन्। ति स्टलहरूमा पुगेर अवलोकनकर्ताहरूले सामग्रीको गुणस्तर, मूल्य तथा नयाँ प्रविधिबारे जानकारी लिँदै तुलना गरिरहेका देखिन्छन्।

घरको नक्सा डिजाइन, इन्जिनियरिङ परामर्श तथा इन्टेरियर डिजाइनसम्बन्धी सेवाहरू पनि फेस्टमा उपलब्ध छन्। विशेष छुट र अफरका कारण सामग्री खरिद गर्नेहरूको चहलपहल उल्लेख्य छ।

फेस्टमा उल्लेख्य सहभागिता देखिएको आयोजकले बताएको छ। फस्ट मंगलबारसम्म संचालन हुनेछ।