एनआइसी एसिया बैंकका अध्यक्ष तुलसीराम अग्रवालले दिए राजीनामा, कारण व्यक्तिगत



बिजमाण्डू
२०८२ पुष ६ गते १२:२१ | Dec 21, 2025
एनआइसी एसिया बैंकका अध्यक्ष तुलसीराम अग्रवालले दिए राजीनामा, कारण व्यक्तिगत


काठमाडौं। एनआइसी एसिया बैंकका अध्यक्ष तुलसीराम अग्रवालले राजीनामा दिएका छन्। अग्रवालले आफ्नो व्यक्त्तिगत कारण देखाएर अध्यक्ष पदबाट राजीनामा दिएका हुन्।

Tata
GBIME
Nepal Life

उनको राजीनामा आइतबार बसेको सञ्चालक समितिको बैठकले स्वीकृत गरिसकेको छ। अग्रवाल २०७८ चैत २१ गते अध्यक्ष चयन भएका थिए।

व्यावसायिक घराना विशाल समूहको नेतृत्व गर्दै आएका अग्रवाल बैंकको बोर्डमा प्रभावशाली हुन्। उनले बैंकको रणनीतिक दिशा, नीतिगत निर्णयहरू र दीर्घकालीन लक्ष्यहरू निर्धारण गर्ने भूमिकामा काम गर्दै आएका थिए।

अध्यक्ष पदबाट उनको राजीनामाले बैंकको बोर्डमा परिवर्तनको संकेत गरेको छ। बैंक सञ्चालक समितिमा त्रिलोकचन्द अग्रवाल, रामचन्द्र संघई, केशवप्रसाद लम्साल, गणेशमान श्रेष्ठ र आदित्यकुमार अग्रवाल छन्।