एमाले अध्यक्षमा केपी ओली कि ईश्वर पोखरेल ? भृकुटीमण्डपमा सुरु भयो मतदान



बिजमाण्डू
२०८२ पुष २ गते ०९:४७ | Dec 17, 2025
एमाले अध्यक्षमा केपी ओली कि ईश्वर पोखरेल ? भृकुटीमण्डपमा सुरु भयो मतदान

काठमाडौं । नेकपा एमालेको ११ औं महाधिवेशन अन्तर्गत नेतृत्व चयनका लागि मतदान सुरु भएको छ। मतदानका लागि भृकुटीमण्डपमा आज बिहानैदेखि महाधिवेशन प्रतिनिधि लाइन बसिरहेका छन्।

Tata
GBIME
Nepal Life

अध्यक्षमा ईश्वर पोखरेल र केपी शर्मा ओली प्यानल बनाएर चुनावी प्रतिस्पर्धामा छन्। उनीहरु दुवैजनाले मतदान गरिसकेका छन्।

हिजो दिउँसो १२ बजेदेखि मतदान सुरु हुने भनिएकोमा प्राविधिक कठिनाइका कारण समय सार्दै लगिएको थियो। राति ८ बजेबाट मतदान हुने भनिएकोमा अन्तिम समयमा मतदान आजको लागि स्थगित गरिएको थियो।

एमालेले विद्युतीय मेसिनबाट मतदान गर्न लागेको हो। महाधिवेशनमा २२ सय ६२ जना मतदाता छन्। उनीहरुले एक अध्यक्ष, ५ उपाध्यक्ष, एक महासचिव, ३ उपमहासचिव र ९ सचिव तथा ३०१ केन्द्रीय सदस्यका लागि मतदान गर्नेछन्।