एमाले महाधिवेशनको रौनक : च्यासलमा देउडामा नाचे नेता कार्यकर्ता (तस्विरहरु)



सुशील श्रेष्ठ
२०८२ मंसिर २६ गते १७:०० | Dec 12, 2025
एमाले महाधिवेशनको रौनक : च्यासलमा देउडामा नाचे नेता कार्यकर्ता (तस्विरहरु)


काठमाडौं । शनिबारदेखि नेकपा एमालेको महाधिवेशन सुरु हुँदैछ। त्यसैको पूर्वसन्ध्यामा एमाले मुख्यालय च्यासलमा नेता कार्यकर्ताको आज भिड छ।

Tata
GBIME

देशभरबाट आएका एमाले नेता कार्यकर्ता च्यासलमा भेला भएका हुन्। उनीहरु एमालेमा नयाँ नेतृत्व, पछिल्लो परिस्थितिबारे छलफलमा छन्।

च्यासल पुगेका नेता कार्यकर्ताहरु फुर्सदको समयमा देउडा खलेर रमाइलो पनि गरिरहेका छन्। भोलि भक्तपुरको सल्लाघारीमा महाधिवेशनको उद्घाटन सत्र छ। त्यसको पनि तयारी भइरहेको छ।