लगानीयोग्य रकम बैंकिङ प्रणालीमा थुप्रिनु अहिलेको मुख्य चुनौती : सीएनआई अध्यक्ष पाण्डे



बिजमाण्डू
२०८२ मंसिर २१ गते १२:०२ | Dec 7, 2025
लगानीयोग्य रकम बैंकिङ प्रणालीमा थुप्रिनु अहिलेको मुख्य चुनौती : सीएनआई अध्यक्ष पाण्डे


काठमाडौं। नेपाल उद्योग परिसंघ (सीएनआई)का अध्यक्ष वीरेन्द्रराज पाण्डेले वित्तीय प्रणालीमा लगानीयोग्य रकम थुप्रिनु अहिलेको सबैभन्दा ठूलो चुनौती भएको बताएका छन्।

Vigo
GBIME
Tata

उनले आइतबार नेपाल आर्थिक पत्रकार संघ (नाफिज)को साधारण सभामा ऋणको माग नभएर बैंकमा पैसा थुप्रिनु अहिलेको समस्या भएको बताए।

‘ब्याजदर एकल विन्दुमा भए पनि समग्र बजारमा माग बढ्न सकेको छैन। आन्तरिक अर्थतन्त्र समस्यामा छ। बैंकमा लगानीयोग्य रकम थुप्रिनु अहिलेको सबैभन्दा ठुलो चुनौती हो,’ उनले भने, ‘पैसा स्थिर बस्नु अर्थतन्त्रका लागि राम्रो होइन।’

उनले निजी क्षेत्रले लगानी बढाए मात्र मुलुकको अर्थतन्त्र विस्तार हुने बताए।

‘निजी क्षेत्रको लगानी बढ्यो भने मात्रै मुलुकको अर्थतन्त्र विस्तार हुन्छ। युवाहरूले रोजगारी पाउँछन्, राज्यले राजस्व पाउँछ। त्यसैले निजी क्षेत्रले लगानी गर्ने वातावरण बनाउनतर्फ हामी सबैको ध्यान हुनुपर्छ,’ उनले भने।