वनले अड्काएको फाइल प्रधानमन्त्रीले गरिन् सदर, सात उद्योगलाई चुनढुंगा र ग्रेनाइट उत्खननको बाटो खुल्यो



बिजमाण्डू
२०८२ मंसिर १६ गते १७:३३ | Dec 2, 2025
वनले अड्काएको फाइल प्रधानमन्त्रीले गरिन् सदर, सात उद्योगलाई चुनढुंगा र ग्रेनाइट उत्खननको बाटो खुल्यो
प्रधानमन्त्री सुशीला कार्की


काठमाडौं। विभिन्न सात उद्योगले राष्ट्रिय वनको जग्गा प्रयोग गर्न अनुमति पाएका छन्।

Tata
GBIME
Nepal Life

रिद्धि सिद्धि सिमेन्ट, शक्ति मिनिरल्स लगायत उद्योगले चुनढुङ्गा, ग्रेनाइट र फलाम उत्खनन् उत्खनन् गर्नका लागि वनको ८० हेक्टर जग्गा प्रयोग गर्न अनुमति पाएका हुन्।

वन तथा वातावरण मन्त्रालय समेत सम्हालिरहेकी प्रधानमन्त्री सुशीला कार्कीले सबै प्रक्रिया पूरा गरिसकेका उद्योगको फाइल अड्काएर राख्न नहुने भन्दै मन्त्रिपरिषद्को सोमबार बसेको बैठकबाट सात उद्योगलाई वनको जग्गा प्रयोग गर्न दिने निर्णय गरेकी हुन्।

मन्त्रिपरिषद्ले शक्ति मिनिरल्स, त्रिशक्ति होल्डिङ्गस, रिद्धि सिद्धि सिमेन्ट, बाबा माइन्स एण्ड मिनिरल्स, विग प्लस मिनिरल्स, केके लाइम्स एण्ड इन्डस्ट्रिज र अन्नपूर्ण मिनिरल्सलाई राष्ट्रिय वनको जग्गा प्रयोग गर्न दिने निर्णय गरेको छ।

शक्ति मिनिरल्सले चुनढुङ्गा उत्खनन् गर्न पाल्पाको माथागढी गाउँपालिका-७ को २१.४१ हेक्टर वन क्षेत्र प्रयोग गर्ने अनुमति पाएको छ।

यस्तै त्रिशक्ति होल्डिङ्गसलाई चुनढुङ्गा उत्खनन् गर्न चितवनको राप्ती नगरपालिका-१३ को २०.१४ हेक्टर र रिद्धि सिद्धि सिमेन्टलाई चुनढुङ्गा उत्खनन् गर्न मकवानपुरको भिमफेदी गाउँपालिका-७ को २१.६३ हेक्टर जग्गा प्रयोग गर्न स्वीकृति दिइएको छ।

सरकारले बाबा माइन्स एण्ड मिनिरल्सले चुनढुङ्गा उत्खनन् गर्न मकवानपुरको भिमफेदी गाउँपालिका-५ को ४.९९ हेक्टर र विग प्लस मिनिरल्सले ग्रेनाइट उत्खनन् गर्न भिमफेदी-५ को ४.४८ हेक्टर वन प्रयोग गर्न अनुमति पाएका छन्।

यस्तै केके लाइम्स एण्ड इन्डस्ट्रिजलाई चुनढुङ्गा उत्खनन् गर्न उदयपुरको चौदण्डीगढी नगरपालिका-८ को २ हेक्टर र अन्नपूर्ण मिनिरल्सलाई फलाम उत्खनन् गर्न मकवानपुरको बागमती गाउँपालिका-६ को ४.९६ हेक्टर वनको जग्गा प्रयोग गर्न स्वीकृति दिइएको छ।