ढुक्कसँग लगानी गर्ने अवस्था बने छोटो समयमै औद्योगिक विकास सम्भव छ: सीएनआई अध्यक्ष पाण्डे



बिजमाण्डू
२०८२ मंसिर १६ गते १५:५५ | Dec 2, 2025
ढुक्कसँग लगानी गर्ने अवस्था बने छोटो समयमै औद्योगिक विकास सम्भव छ: सीएनआई अध्यक्ष पाण्डे


काठमाडौं। नेपाल उद्योग परिसंघ (सीएनआई)का अध्यक्ष वीरेन्द्रराज पाण्डेले सरकारले उद्योगलाई प्रोत्साहन गर्ने नीति लिए छोटो समयमै आर्थिक विकास गर्न सकिने बताएका छन्।

Tata
GBIME
Nepal Life

सीएनआईले मंगलबार काठमाडौंमा गरेको कार्यक्रममा पाण्डेले व्यवसायीले ढुक्क भएर लगानी गर्ने अवस्था बने छोटो समयमै औद्योगिक विकास सम्भव रहेको बताए।

उनले आयात प्रतिस्थापन गर्ने नीति लिएर स्वदेशी उत्पादनलाई प्रोत्साहन गर्नुपर्नेमा जोड दिए।

‘आत्मनिर्भर अर्थतन्त्रले दिगो आर्थिक विकास गर्न सम्भव छ। उद्योगलाई प्रोत्साहन गर्ने नीति राज्यले लिने हो भने छोटो समयमा आर्थिक विकास गर्न सकिन्छ,’ उनले भने, ‘नेपालमा‌ उत्पादनमूलक उद्योगको निकै ठूलो सम्भावना छ। तर स्वदेशी उत्पादनलाई प्रोत्साहन गर्ने खालका नीति र कार्यक्रम खासै आएको छैन।’

पाण्डेले औद्योगिक विकासमा छलाङका लागि सरकारसँगै नीति फेरिने अवस्था अन्त्य हुनुपर्ने बताए।

‘हाम्रोभन्दा निकै कमजोर मुलुकले समेत औद्योगीकरणमा राम्रो गर्न थालेका छन्। नेपालमा औद्योगिक विकासको ठूलो सम्भावना छ। तर कतिपय नीतिको अभाव छ। कार्यान्वयनमा रहेका कमजोरीले समस्या ल्याएको छ। सरकारले यस्ता कुरामा ध्यान दिन आवश्यक छ,’ उनले भने।