हुलास फिनसर्भको वार्षिक साधारण सभा सम्पन्न, विविध एजेण्डाहरु सर्वसम्मतिले पारित



बिजमाण्डू
२०८२ मंसिर १५ गते १३:०४ | Dec 1, 2025
हुलास फिनसर्भको वार्षिक साधारण सभा सम्पन्न, विविध एजेण्डाहरु सर्वसम्मतिले पारित


काठमाडौं । कर्जा प्रदायक कम्पनी हुलास फिनसर्भ हायर पर्चेज लिमिटेडको वार्षिक साधारण सभा सम्पन्न भएको छ।

Vigo
GBIME
Tata

सभामा संचालक समितिकाअध्यक्षले प्रस्तुत गरेको आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदन, लेखा परीक्षकको प्रतिवेदन, तथा नाफा-नोक्सान, नगद प्रवाह विवरण सहितका वित्तीय प्रतिवेदनहरू माथि विस्तृत छलफल गरि सर्वसम्मतिले स्वीकृत गरिएको कम्पनीले जनाएको छ।

यस्तै, सभाले आर्थिक वर्ष २०८२/८३ का लागि लेखापरीक्षकको नियुक्ति, संचालक समिति सदस्यहरुको पुनर्नियुक्ति, तथा सभाको निर्णयमा हस्ताक्षर गर्ने सेयरधनी प्रतिनिधिको मनोनयनसमेत अनुमोदन गरेको छ।

साथै, सार्वजनिक निष्कासन सम्बन्धी विशेष प्रस्ताव पनि सभाबाट पारित भएको कम्पनीले जनाएको छ।

साधारण सभा मार्फत हुलास फिनसर्भ हायर पर्चेज लिमिटेडले आम सर्वसाधारणलाई सहज तथा सुलभ कर्जा सुविधा उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरेको छ।