पोखरामा केई र फोर्थिङको नयाँ शोरुम संचालनमा, ग्राहकका लागि विशेष अफर घोषणा



बिजमाण्डू
२०८२ मंसिर ९ गते १२:१० | Nov 25, 2025
पोखरामा केई र फोर्थिङको नयाँ शोरुम संचालनमा, ग्राहकका लागि विशेष अफर घोषणा

काठमाडौं । नेपालमा केई र फोर्थिङ इलेक्ट्रिक सवारीसाधनको आधिकारिक बिक्रेता लक्ष्मी ई-मोबिलिटीले केई र फोर्थिङ  इभीको शोरुम पोखरामा संचालनमा ल्याएको छ। कम्पनीले उपत्यका बाहिरका बजारहरुमा ब्रान्ड विस्तार गर्न पोखरामा नयाँ शोरुम संचालन गरेको हो।

Tata
GBIME
Nepal Life

सोमबारदेखि सो शोरुमलाई पोखरामा संचालनमा ल्याइएको हो। नयाँ शोरुम पोखराको बुद्धचोकमा खोलिएको छ।

कम्पनीका अनुसार केई र फोर्थिङ ब्राण्डले अटो बजारमा आफ्नो उपस्थितिलाई विस्तार गर्दै आधुनिक, दिगो र फ्युचरस्टिक इलेक्ट्रिक सवारीसाधनलाई ग्राहकहरूसम्म अझ नजिक पुर्‍याइरहेको छ।

उद्घाटन समारोहको अवसरमा कम्पनीले विशेष ग्रान्ड ओपनिङ अफर सार्वजनिक गरेको छ। जसअन्तर्गत आकर्षक नगद सुविधा, विशेष बोस इलेक्ट्रोनिक अप्लायन्सेस, एक वर्षको निःशुल्क अटो प्लस बीमा तथा रोड-ट्याक्स प्याकेज र प्रत्येक बुकिङका लागि एक रातको आकर्षक स्टे-प्याकेज समावेश छन्।

दिगो यातायात प्रवर्धन गर्ने उद्देश्यले लक्ष्मी ग्रुपले देशभर रि-ल्याक्स रिचार्ज नेटवर्कमार्फत ६३ भन्दा बढी चार्जिङ र रिपेयर स्टेशनको संजाल विस्तार गरिसकेको कम्पनीले जनाएको छ।