चेकिङ कडा छ ! कीर्तिपुरमा एनपीएलको पहिलो खेल हेर्न आउन थाले दर्शक



सुशील श्रेष्ठ
२०८२ मंसिर १ गते १४:४८ | Nov 17, 2025
चेकिङ कडा छ ! कीर्तिपुरमा एनपीएलको पहिलो खेल हेर्न आउन थाले दर्शक

काठमाडौं । आजदेखि नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करण सुरु हुँदैछ। उद्घाटन खेलमा साविक विजेता जनकपुर बोल्ट्स र काठमाडौं गोर्खाजबीच प्रतिस्पर्धा हुनेछ।

Tata
GBIME
Nepal Life

अहिले शुभारम्भ कार्यक्रम पछि दिउँसो ४ बजे पहिलो खेल हुनेछ। यो पटक फ्लड लाइटमा खेल हुनेछ।

टिकट लिएका दर्शकहरु अहिले मैदानमा प्रवेश गर्न थालेका छन्। उनीहरुलाई सेक्युरिटी गार्डले कडा चेकिङ गरिरहेका छन्। दर्शकलाई खेल मैदानमा बोटल लगायत अनावश्यक सामानहरु लग्न दिइएको छैन।

एनपीएललाई मध्यनजर गर्दै १२०० बढी प्रहरी तैनाथ गरिएको छ। प्रहरीले टिकट नभएकाहरुलाई अनावश्यक भिड नगर्न सूचना पनि जारी गरेको छ।