काठमाडौं । यामाहाको नयाँ बाइक एक्सएसआर १५५ भारतीय बजारमा सार्वजनिक भएको छ। यो १५५ सीसी, लिक्विड-कुल्ड, सिंगल सिलिन्डर इञ्जिनमा ल्याइएको हो। यामाहा आर१५ र एमटी-१५ को प्लेटफर्ममै यो बाइक निर्माण गरिएको हो।
यो बाइक भारतीय बजारमा १५०-१६० सीसी सेगमेन्टमा नियो-रेट्रो विकल्पको रुपमा लन्च गरिएको हो। स्टाइल र डिजाइनमा फरक बाइक छनोट गर्नेका लागि कम्पनीले छनोट सहज बनाइदिएको छ।
यसमा इञ्जिन १८.१ बीएचपी पावर र १४.२ एनएम टर्कमा उपलब्ध छ। बाइकमा डेल्टाबक्स फ्रेम, यूएसडी फ्रन्ट फोर्क, लिंक्ड मोनोशक र एल्युमिनियम स्विङआर्म प्रयोग गरिएको छ। लाइटेवल वजन (लगभग १३७ केजी कर्ब वेट) र राम्रो ह्यान्डलिङले सहरी तथा मध्यम दूरी दुवैका लागि प्रयोगकर्तालाई आरामदायी अनुभव दिने कम्पनीले जनाएको छ।
बाइकमा डेल्टा बक्स फ्रेम छ जुन आर१५ र एमटी १५ मा जस्तै छ। यसको मूल्य भारतमा भारु १ लाख ५० हजार रुपैयाँ तोकिएको छ।











