काठमाडौं । टाटा मोटर्सको नयाँ एसयुभी सिएरा अर्को महिना लन्च हुने भएको छ। टाटा मोटर्सका अनुसार उक्त एसयुभी नोभेम्बरको २५ मा भारतीय बजारमा लन्च हुने तयारीमा छ।
यसले हुन्डाई क्रेटा, मारुती सुजुकी र अन्य मिडसाइज एसयुभीहरुसँग प्रतिस्पर्धा गर्ने योजना बनाएको छ। यसमा १.५ लिटर क्षमताको टर्बो टीजीडीआई इन्जिन उपलब्ध हुनेछ।
यो गाडी पेट्रोल/डिजेल र इलेक्ट्रिक भर्सनमा आउनेछ। यसमा ३६० डिग्री क्यामेरा सेटअप रहनेछ। साथै १९ इन्च एलोय ह्वील्स उपलब्ध हुने कम्पनीले जनाएको छ।
यसमा ३ वटा १२.३ इन्चको डिजिटल इन्स्ट्रुमेन्ट क्ल्स्टर, सेन्ट्रअल र प्यासेन्जर साइड टच स्क्रिन, प्यानोरोमिक सनरुफ र ६ वटा एयरब्यागहरु उपलब्ध हुनेछन्।
यसमा डुअल टोन ड्यासबोर्ड, टाटाको लोगोसहितको ४ स्पोक स्टेरिङ ह्वील, एम्बियन्ट लाइटहरु, वायरलेस फोन चार्जर र भ्यान्टिलेटेड फ्रन्ट सिटहरु उपलब्ध हुने जनाइएको छ।
सेफ्टीको लागि एलेक्ट्रिक स्टेबिलिटी कन्ट्रोल र एडास लेभल २ फिचरहरु रहनेछन्।










