काठमाडौं । आज बिहानदेखि काठमाडौंमा चिसो ह्वात्तै बढेको छ। काठमाडौं उपत्यकाका विभिन्न भेगमा वर्षा समेत भएको छ।
मौसम धुम्म हुँदा चिसो बढेको महसुस हुन्छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार आज पश्चिमी वायुका साथै अरब सागरमा बनेको न्यून चापीय प्रणालीको प्रभाव रहँदा आज देशभर साधारणतया बदली रहने छ। यसको असर राजधानीमा पनि देखिएको हो।



















