सेप्टेम्बरमा भारतमा मारुती सुजुकीको गाडी धेरै बिक्री, महिन्द्रा र हुन्डाईलाई पछि पार्दै टाटा दोस्रो



बिजमाण्डू
२०८२ असोज १७ गते १६:५२ | Oct 3, 2025
सेप्टेम्बरमा भारतमा मारुती सुजुकीको गाडी धेरै बिक्री, महिन्द्रा र हुन्डाईलाई पछि पार्दै टाटा दोस्रो

काठमाडौं । भारतीय अटो बजारमा सेप्टेम्बर महिनामा गाडी बिक्री गर्न टाटाले महिन्द्रा र हुन्डाईलाई पछि पारेको छ। टाटाले महिन्द्रा र हुन्डाईलाई पछि पार्दै दुई नम्बरमा आएको छ। गत महिना टाटा तेस्रो स्थानमा थियो।

Tata
GBIME
Nepal Life

टाटाले ४० हजार ५९४ युनिट कार बिक्री गरेको तथ्यांकले देखाउँछ। तेस्रोमा महिन्द्राले ३७ हजार १५ युनिट बिक्री गरेको छ। साथै हुन्डाईले ३५ हजार ४४३ युनिट कार बिक्री गरेको छ।

मारुती सुजुकी भने यो पटक पनि भारतमा कार बिक्री गर्ने टप ब्रान्डमा स्थापित छ। मारुती सुजुकीले सेप्टेम्बरमा १ लाख ३२ हजार ८२० युनिट कार बिक्री गरेको छ।

यस्तै समग्रमा टाटाले ६० हजार ९०७, महिन्द्रा ५६ हजार २३३ र हुन्डाईले ५१ हजार ५४७ युनिट बिक्री गरेका छन्।