‘हाम्रो पात्रो’ सञ्चार मन्त्रालयमा सूचीकरण, बाँकी सामाजिक सञ्जाललाई पनि आउन आह्वान



बिजमाण्डू
२०८२ भदौ २२ गते १७:५३ | Sep 7, 2025
‘हाम्रो पात्रो’ सञ्चार मन्त्रालयमा सूचीकरण, बाँकी सामाजिक सञ्जाललाई पनि आउन आह्वान

काठमाडौं। स्मार्ट डिल प्रालि (हाम्रो पात्रो) सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा सूचीकरण भएको छ। आइतबार हाम्रो पात्रोका साथै ग्लोबल डायरी पनि सूचीकरण भएको मन्त्रालयले जनाएको छ।

Tata
GBIME
Nepal Life

त्यस्तै, बाँकी सामाजिक सञ्जाललाई सूचीकरणका लागि आउन मन्त्रालयले पुन: आह्वान गरेको छ।

सञ्चार मन्त्रालयका प्रवक्ता गजेन्द्रकुमार ठाकुरले विज्ञप्तिमार्फत भनेका छन्, ‘सामाजिक सञ्जालको प्रयोगलाई व्यवस्थित गर्ने निर्देशिका, २०८० बमोजिम नेपालभित्र सम्पर्क विन्दु, आवासीय गुनासो सुन्ने अधिकारी तथा स्वनियमको पालना निगरानी गर्ने अधिकारी तोकी सूचीकरण हुन सम्बद्ध सबै सरोकारवालामा पुन: आह्वान गर्दछौँ।’

एक्स र विच्याटले सूचीकरणका लागि आवश्यक जानकारी माग गरेको र उक्त विवरण उपलब्ध गराइएको मन्त्रालयले जनाएको छ। सूचीकरण भएलगत्तै सामाजिक सञ्जालहरूलाई सक्रिय बनाइने ठाकुरले बताएका छन्।

सरकारले गत बिहीबार सञ्चार मन्त्रालयमा सूचीकरण नभएका सामाजिक सञ्जाल प्रतिबन्ध लगाउने निर्णय गरेको थियो।