काठमाडौं। इन्टरनेट सेवा प्रदायक संघले सामाजिक सञ्जाल बन्दका कारण ग्राहकमा पुगेको क्षतिमा माफी मागेको छ।
सरकारले गरेको सिफारिस अनुसार सेवा बन्द गर्नुपरेकोमा संघले ग्राहकको असुविधाका लागि क्षमा मागेको हो। सरकारको निर्णय अनुसार दूरसञ्चार प्राधिकरणले नेपालमा दर्ता नभएको सामाजिक सञ्जाल प्लेटफर्म बन्द तथा निष्क्रिय गराउन सेवा प्रदायकलाई पत्राचार गरेको थियो।
प्राधिकरणले फेसबुक, युट्युब, एक्स, इन्स्टाग्रामलगायत २६ प्लेटफर्म बन्द तथा निष्क्रिय पार्न पत्राचार गरेको थियो।
शुक्रबारसम्म क्रमशः सरकारको निर्णय अनुसारको पत्राचार कार्यान्वयन हुने संघले जनाइसकेको छ। नेपाल टेलिकमले दर्ता नभएको प्लेटफर्म बन्द भइसकेको सूचना जारी गरिसकेको छ।










